
- अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो
काठमाडौँ- रिलायन्स फाईनान्सका प्रमुुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले राष्ट्र बैंक को निर्देशिका नमानेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका अनुसार कुनै एक बैंक तथा वित्तीय संस्थामा प्रमुुख कार्यकारी, वा सञ्चालक भएको व्यक्ति अर्को नाफामूलक संस्थामा सञ्चालक हुुन नपाउने नियम भएपनि अनील श्रेष्ठ रिलायन्स फाइनान्सको सीइओ भएर एनएलजी इन्सुरेन्सका संचालक बनेका छन् ।
हेर्नुहोस् श्रेष्ठ एनएलजी इन्सुरेन्सको संचालक समितिमा रहेको प्रमाण :

हेर्नुहोस् श्रेष्ठ रिलायबल फाइनान्सका सीइओ भएको प्रमाण

हेर्नुहोस् नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिका २०७४ को ६ नम्बर शिर्षक ‘संस्थाको सुशासन सम्बन्धी व्यवस्था’ अन्तर्गत बुँदा नम्बर ३ मा उल्लेख भएको निर्देशन

श्रेष्ठले प्रतिक्रिया दिनै मानेनन्
हामीले यसबारे श्रेष्ठसँग पटक पटक बुझ्ने प्रयास गरेका थियौं । तर हाम्रो प्रश्न के हुँदैछ भन्ने थाहा पाएका उनले आफुसँग त्यसको उत्तर नभएपछी उनी पटकपटक हामीसँग भागीरहेका छन् । यता नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने राष्ट्र बैंकको एकिकृत निर्देशिका अक्षरस पालना हुनुपर्ने र सो अनुसार नभए राष्ट्र बैंकले निर्देहिका विपरित काम गर्नेलाई कारवाही गर्ने बताएका छन् । तर श्रेष्ठ भने आफुले राष्ट्र बैंकमा कुरा मिलाईसकेको हवाला दिंदै यस्तो गैरकानुनी काम गरिरहेका छन् । राष्ट्र बैंकको निर्देशन नमान्ने यी अटेरी व्यक्तिलाइ अव नेपाल राष्ट्र बैंकले के कारवाही गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्