
काठमाडौँ – एमाले–माअोवादी केन्द्रसँग गठबन्धन गरेर चुनावी तामेल छोडेर कांग्रेस नेतृत्वको गठबन्धनमा जोसडएको नयाँशक्तिले पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा एक गरी जम्मा २ सिटमात्र पाउने भएको छ ।
एमाले–माओवादीसहितको वाम गठबन्धनसँग भने नयाँशक्तिले १५ प्रतिशत सिट माग गरेको थियो । गोर्खामा प्रतिनिधि सभा र प्रदेश सभामा १–१ गरी जम्मा दुई सिटमात्र पाउने पक्का भएको हो ।
प्रदेश सभा अन्तर्गत धादिङ २ (ख) निर्वाचन क्षेत्र कांग्रेसले गठबन्धनका लागि छुट्ट्याएपनि त्यो सिट राप्रपाका लागि हो । त्यहाँ राप्रपा नेता बुद्धिमान तामाङका भाई डम्बर तामाङ उठ्दैछन् ।
कांग्रेस गठबन्धनले नयाँशक्तिलाई प्रतिनिधि सभा अन्तर्गत गोर्खा २ र प्रदेश सभामा गोर्खा २ को ख निर्वाचन क्षेत्रमात्र दिने भएको छ । रसुवाको प्रतिनिधि सभाको सिट दिने भनेपनि कांग्रेसभित्रकै असन्तुष्टिका कारण पाउने नपाउने अनिश्चित बनेको छ ।
एमाले–माओवादी गठबन्धनसँग प्रतिनिधि सभा र प्रदेश सभामा १५ प्रतिशत सिट माग गरेको थियो । माओवादी केन्द्रले संयोजक बाबुराम भट्टराईका लागि गोर्खा २ र एमालेले मागेजति सिट नदिएपछि भट्टराई गठबन्धनबाट बाहिरिएका थिए । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्