×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुरामले गठबन्धन तोडे: आँखा चिन्हमा चुनाव लड्ने

LAXMI SUNRISE BANK

बाबुरामले गठबन्धन तोडे: आँखा चिन्हमा चुनाव लड्ने

२७ आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एमाले-माओवादी वाम गठबन्धन सँगको सहकार्य तोड्दै नयाँ शक्ति, नेपाल आँखा चिन्ह लिएर प्रतिनिधि र प्रदेशसभाको चुनावमा सहभागी हुने भएको छ। शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले एमाले र माओवादी सहमतिको मर्म विपरित अघि बढेको भन्दै गठबन्धन सँगको सहकार्य तोड्ने निर्णय गरेको हो।
‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेकोप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’, सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने। तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने।’
सँगै नयाँ शक्तिले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता-छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णयमा उल्लेख छ।
सँगै बैठकले पूर्ववत निर्णय अनुसार नै शीर्ष नेताको चुनाव क्षेत्रलाई सदर गरेको छ। नयाँ शक्तिका कुन नेताको उम्मेदवारी कुन क्षेत्रबाट : 
१. डा. बाबुराम भट्टराई – गोरखा-२
२. कृष्णकुमार चौधरी – कैलाली-३
३. दानबहादुर चौधरी – कपिलबस्तु-१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी