
चुनावी तालमेल गर्दै पार्टी एकतासम्मको निर्णय गरेका वामपन्थी दलबीच सिट बाँडफाँटमा विवाद चर्किएपछि चर्को विवाद उत्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच विवाद बढेपछि गठबन्धनमा खटपट देखिएको हो ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी गठबन्धनसहित पार्टी एकता घोषणा गरिएको थियो । माओवादीसंग विवाद बढेपछि नयाँ शक्ति पार्टीले गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएको छ ।
उसले आफूले दावी गरेअनुसार १५ सिट नपाए शुक्रबारसम्म गठबन्धनबाट बाहिरिने अल्टिमेटम दिएको हो । ‘शुक्रबार हुने पार्टीको केन्द्रीय समितिको बैठक अघि नै सहमति हुन सकेन भने हामी आँखा, चुनाव चिन्ह लिएर अघि बढ्ने छौं’, ।आफ्नै गृहजिल्ला गोरखा २ बाट चुनाव लड्ने तयारी गरेका भट्टराईलाई प्रचण्डले नै गोरखा छोडेर काठमाडौँ आउन दवाब पनि दिइरहेका छन् । तर उनी भने वाम गठबन्धन छोडेरै भए तापनि आफ्नै क्षेत्रबाट नै प्रतिनिधिसभाको चुनाव लड्ने अड्डी लिईरहेका छन्।
सिट बाँडफाटका लागि नयाँ शक्तिबाट कार्यादलमा प्रतिनिधित्व गरेका गंगा श्रेष्ठले भने, ‘एमाले होइन, हामीप्रति माओवादी केन्द्र बढी रिजिड भयो ।’ – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्