
काठमाडौं – केपी ओली र डा. बाबुराम भट्टराईवीच बुधबार भएको छलफल सकारात्मक हुन नसकेपछि भट्टराइ निरास बनेर बालकोटबाट फर्केका छन् । तालमेल र वाम एकता गर्ने गठबन्धनमा सहभागी बनेको नयाँशक्ति पार्टीले गठबन्धनबाट अलग्गिने चेतावनी पनि दिएको बताइएको छ ।
बुधबार बालकोटस्थित केपी ओलीको निवासमा भएको छलफलमा डा. बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो । तर, ओलीले बाबुरामको कुरामा वास्ता नगरेको श्रोतले जनाएको छ । ओलीले डा. भट्टराइसंग कुरागर्दै माग पुरागर्न नसकिने बताएका थिए ।
एमाले, माओवादी र नयााशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा. भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । केन्द्रीय संसदमा प्रत्यक्ष र समानुपातिक दुबैमा गरी १५ सीट नयाँशक्तिले मागेको हो । माओवादी केन्द्रका नेताहरुले अहिले पनि बाबुराम भट्टराईमाथि पूर्वाग्रह राखेको र आफुहरुलाई पंगु बनाउन खोजेको नयाँ शक्तिका नेताहरुको गुनासो छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्