
काठमाडौँ- एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ६१३ मतले पछि पार्दै भट्ट विजयी भएका हुन् । सम्मलेनमा खसेको एक हजार सात सय ८८ मत मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले पाँच सय ८४ मत प्राप्त गरेकी छन्। संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । यस्तै, महासचिवमा डा. बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।
गोरखामा जन्मिएका भट्टले जापानबाट व्यवसायिक सफलता प्राप्त गरेका हुन् । जापानमा भट्टका दुई सय ९० रेस्टुरेन्ट छन् । उनी भाँडा माझ्न जापान गएका थिए उनले नेपालमा सञ्चार, होटल र एयरलाइन्समा पनि लगानी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्