
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण भएको छ ।
व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो ।
राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गरेकी छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्