
काठमाडौँ – नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले वाम एकताका कारण बाध्य भएर आफूले कांग्रेससँग पार्टी एकताको निर्णय लिनुपरेको बताएका छन् ।
बालुवाटारमा आयोजित एकता घोषणा कार्यक्रममा गच्छदारले गठबन्धनको सरकार बनाउने आत्मविश्वासका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
‘वाम एकताबाट लोकतन्त्र रहने कि नरहने भन्ने भयो। माओवादी र एमालेले दुई तिहाई बहुमत ल्याएर जनवादी संविधान बनाउने घोषणा गरेपछि बाध्य भएर हामीले एकताबारे सोच्नुपर्यो,’ गच्छदारले भने, ‘त्यसपछि लोकतन्त्रका लागि लडेको व्यक्तिको नाताले एकता गर्ने निर्णय लिन म बाध्य भएँ ।’
आफ्नै पुरानो पार्टीमा एकता गर्न पाउनु आफ्ना लागि गर्वको कुरा रहेको उल्लेख गर्दै गच्छदारले भने, ‘प्रजातन्त्रलाई संस्थागत गर्न दुई पार्टीले गरेको यो साहसिक निर्णय हो ।’
गच्छदारले १६ बुँदे सहमति गराउन अद्वितीय भूमिका खेलेको बताउँदै त्यसैको जगमा संविधान बनेको उल्लेख गरे ।
‘संविधान बनाउँदै गर्दा मलाई कतिले गद्दार बने, मधेसविरोधी भने, क्षेत्री बाहुनको पछाडि लाग्यो भने तर जुन संविधान जारी भएको छ, त्यो जनताको संविधान हो, बलिदानबाट बनेको संविधान हो । त्यो कार्यान्वयनमा गएको छ, स्थानीय सरकारको अधिकार प्राप्त गरेका छन्। संविधानका विरोधीहरु पनि स्वीकार गरेर स्थानीय निर्वाचनमा सहभागी भए,’ गच्छदारले राजपा र फोरम नेपालतर्फ इंगित गर्दै भने, ‘उनीहरुले मधेसमा केही सिट जित्दैमा त्यो उनीहरुको जीत होइन ।’
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनले आगामी चुनावमा बहुमत ल्याउने बताउँदै गच्छदारले कार्यकर्तालाई आत्मविश्वासपूर्वक चुनावमा होमिन पनि आग्रह गरे । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्