×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वालुवाटारमा गच्छदारले उपसभापति रोज्दा विमलेन्द्र निधि रुष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वालुवाटारमा गच्छदारले उपसभापति रोज्दा विमलेन्द्र निधि रुष्ट

Artha Sarokar

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकता प्रक्रियाबाट आउन लागेका बिजयकुमार गच्छदारलाई उपसभापति बनाउने भएका छन् । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच सोमवार पार्टी एकता हुन लागेको छ । एकताबाट आउन लागेका गच्छदारलाई देउवाले उपसभापति बनाउने भएका छन् ।
पार्टी एकताको प्रस्ताव गर्दा नेपाली कांग्रेसले गच्छदारलाई महामन्त्री दिने बताएको थियो । तर गच्छदारले उपसभापति मागेका कारण केही समय पार्टी एकता प्रक्रिया रोकिएको थियो । शनिवार कांग्रेस सभापति देउवा गच्छदारलाई उपसभापति दिन तयार भएको स्रोतले बताएको छ ।
गच्छदारलाई उपसभापति बनाउने भएपछि देउवाकै प्रिय पात्र विमलेन्द्र निधी रुष्ट बनेका छन् । उपसभापतिको दावी गर्दै आएका निधि अब महामन्त्रीमा थन्किने पक्का भएको छ । निधि मात्र नभई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु पनि देउवाप्रति रुष्ट बनेका छन् ।
१० बर्षअघि कांग्रेस छोडेर उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरममा गच्छदारले प्रवेश गरेका थिए । एक बर्ष नहुँदै उनलले मधेसी जनअधिकार फोरमबाट बिभाजन भई मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बनाएका थिए । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी