Skip to content
LAXMI SUNRISE BANK

यो वाम होइन, दाम गठबन्धन होः विप्लव

अर्थ सरोकार

काठमाडौँ  – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा एमाले र माओवादीबीच भएको गठबन्धन वाम नभएर दाम खाने गठजोड भएको बताएका छन् ।
अक्टोबर क्रान्तिको सय वर्ष पुगेको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रम उनले भने, ‘यो विचारविहीन गठजोठ हो । यथास्थितिका विरुद्धमा जानेलाई पो वाम भन्छन्, सत्तामा बस्ने र त्यसका बनेको बनेको गठबन्धन कसरी वाम हुन्छ ?’
उनले एमाले र माओावदीले कुनै रणनीतिक हिसावले नभई तत्कालको फाइदाका लागि गठबन्धन बनाएको बताए ।
‘यो भ्रम हो, दृष्टिकोणविहीन र विचारविहीन गठजोड हो, कुनै रणनीतिक कुरा होइन, यो फाइदाका लागि हो,’ उनले भने, ‘मलाई लाग्छ, यो वाम होइन दामका लागि गरिएको गठजोड हो, सबै मिलेर खानका लागि गरिएको हो ।’
उनले आफ्नो पार्टीमात्र नेपालको एकमात्र कम्युनिष्ट पार्टी भएको समेत दाबी गरे । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK