
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै पानीको बोतल प्रहार गरेका छन्।
कर्मचारी सरुवामा असन्तुष्ट केही पक्षले सहसचिव रिजाललाई बारम्बार धम्क्याउने र दुव्र्यवहार गर्ने क्रम बढेपछि उनले सामान्यबाट अन्यत्र सरुवा मागेका छन्। उक्त संगठन माओवादी केन्द्रनिकट कर्मचारी संगठन हो।
सरुवासम्बन्धमा विवाद भएपछि गत शुक्रबार महासचिव शाहले सहसचिव रिजालमाथि दुव्र्यवहार गरेका हुन्। सामान्यका अनुसार केही कर्मचारीको सरुवाबारे छलफल गर्न गएका शाहले सरुवामा मनपरी गरेको भन्दै सहसचिव रिजाललाई सुरुमा धम्क्याउँदै कार्यकक्षमा राखिएको पानीको बोतलले आक्रमण गर्न खोजेका थिए। तर, सँगै रहेका अन्य कर्मचारीले उनलाई रोकेका थिए।
राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले भने सहसचिव रिजाल र शाहबीच सामान्य असमझदारी मात्रै भएको र विवाद समाधान भइसकेको दाबी गरे। ‘दुव्र्यवहारभन्दा पनि दुई पक्षबीच केही विवाद भएको हो, अब मिलिसकेको छ’, अध्यक्ष रावलले भने।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्