Skip to content
LAXMI SUNRISE BANK

अनाथालयमा बसेर नेवि संघका केन्द्रीय सदस्यकाे ‘बर्थडे सेलिव्रेसन’

अर्थ सरोकार

काठमाडौं – नेपाल विद्यार्थीसंघका केन्द्रिय सदस्य पदम भट्टराइले अनाथालयका बालबालिकासँग वर्थडे सेलिब्रेसन गरेका छन् ।
संघका अध्यक्ष नैनसिंह महरको उपस्थितिमा आइतबार बानेश्‍व स्थित नयाँ समाज बालश्रममा रहेका बालबालिकालाई स्कुल व्याग वितरण गरेका हुन् । साथै उनले तीनै बालबालीकालई चियाँ विस्कुट खुवाएर आफ्नो जन्मदिन मनाएका छन्। 
‘मैले वर्थडे सेलिव्रेसन गर्ने तरिका मात्रै परिवर्तन गर्दा अनाथ बालबालीकालाई शैक्षिक साग्रिमा सहयोग पुग्छ भने किन नगर्ने भनेर यस्तो गरेको हुँ’ भट्टराइले भने ‘हामी विद्यार्थीसँग प्रयाप्त पैसा हुदैन तर हाम्रो खाजा खर्च घटाउदा पढ्न चाहने भाइबहिनीलाई सहयोग पुग्छ भने हाम्रो ध्यान त्यता पनि केन्द्रित गर्नु पर्छ’।
भट्टराईले अनाथालयमा रहेका ५० बालबालीकालाई स्कुल व्याग दिएका हुन्। नेविसंघ अध्यक्ष नैनसिंह महरले पदमको जन्मदिन मनाउने शैलीबाट प्रभावित भएको बताए। यो कार्यक्रममा अध्यक्ष महर सहित उपाध्यक्ष नविन राई, पवन यादव, सह महामन्त्री प्रेमराज जोशी, केन्द्रिय सदस्य गिताइन्द्र गुरुङ लगायतका नेविसंघ नेताहरु उपस्थित भएका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK