×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बदनाम चन्द्र साउदलाई नेप्सेको जीएम बनाउन को-को दौडधुपमा छन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेप्सेको जीएम पदका लागि तीन जनाको नाम मन्त्री परिषद् मा सिफारिसमा परेको छ । कुल १३ जनामध्ये सुरुमा उत्कृष्ट ५ जना चुनिएका थिए । ती उत्कृष्ट ५ मध्ये अहिले तीन जनाको नाम मन्त्री परिषद् मा पुगेको छ । जसमा नेपाल इन्सुरेन्स डुबाएको आरोप लागेका र यौनकाण्डमा परी कम्पनीबाट निकालिएका चन्द्र सिंह साउदपनि छन् । र उनलाई नेप्सेको जीएम बनाउन ठुलो पैसाको चलखेल भइरहेको चर्चा चलिरहेको छ । आखिर को को छन् त नेप्सेको जीएम पदमा यस्तो विवादित व्यक्ति पुर्याउने काममा ?
स्रोतका अनुसार चन्द्र साउदलाइ नेप्सेको जीएम बनाउने दौडमा नेप्सेका पूर्व कर्मचारी शम्भु पन्त लागि परेका छन् । उनको यसमा निहित स्वार्थ भएको बताइएको छ । यसो त साउदलाई नेप्सेको जीएम बन्नुपर्छ भनेर उचाल्ने पनि उनी नै हुन् भन्ने दावी समेत नेप्से स्रोतको छ । तर उनीसँग यसबारेमा बुझ्न सम्पर्क गर्न खोज्दा उनी सम्पर्क बाहिर छन् । ‘अहिले शक्तिकेन्द्र धाउनेदेखि सबैतिरको जानकारी दिने व्यक्ति उनीनै हुन् । उनी चन्द्र साउदलाइ जीएम बनाउने ‘मिडल-म्यान’ को भूमिका खेलिरहेका छन् ।’ नेप्सेको विश्वस्त स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।
यस्तै राजश्व सचिव शिशिर ढुंगाना पनि विवादित व्यक्ति चन्द्र साउदलाइ नेप्सेको जीएम बनाउन लागि परेका छन् । कांग्रेसका विभिन्न नेतालाई फोन घुमाउनेदेखि अन्य काममा उनले मरी मेटेर साउदलाइ सहयोग गरिरहेका छन् । उनी अलावा सुदुरपस्चिमका केहि कांग्रेसी नेताहरु पनि साउदका लागि मरी मेटेर लागि परेका छन् ।
कुनै पनि हालतमा सीताराम थपलिया नेप्सेको जीएम बन्नु पर्छ भनेर लागि परेको वाईको कम्पनी अहिले थपलिया आउट भएपछि तनावमा छ । ४ करोड मा बन्ने सफ्टवेरलाइ १४ करोड खर्च गरेर राम्रै कमिसन बाढ्ने तरखरमा रहेको कम्पनीले अहिले चन्द्र साउदलाइ समातेको छ । स्रोतका अनुसार साउदलाइ फन्डीङ यो कम्पनीले समेत गरेको छ । यसो त आफु नभएपछी थपलियाले पनि साउदलाइ नै सिफारिस गर्दै हिंडेका छन् । 
यसो त साच्चै सहयोग गर्नेहरु मात्र उनी दलालको मारमा पनि परेका छन् । नेप्सेको जीएम बन्न राम्रै रकम खर्च गरेको चर्चामा आएका उनी केहि दलालहरुको फन्दामा परी रकम फसाएको समेत स्रोतको दावी छ । यतिसम्मकि आरजु देउवाको नाम गरी समेत उनीसँग केहि दलालहरुले पैसा उठाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: