×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर बजारलाई जुवा घर भन्ने बाबुरामको पार्टीका नेता नै नेप्सेको सीइओ भएपछि अव बजार के होला ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- इतिहासमै पहिलो पटक नयाँ शक्ति नेपालका नेता नेप्सेको महाप्रबन्धक भएका छन् । खाँटी कांग्रेस भनेर प्रचार गरिएका चन्द्र साउद नयाँ शक्ति नेपालका नेता भएको खुलासा भएको छ । यो खुलासासँगै नेपाली सेयर बजारमा नयाँ त्रास पैदा भएको छ । सेयर बजारलाई जुवा घर भन्ने बाबुराम भट्टराइको पार्टीका नेता नै नेप्सेको महाप्रबन्धक भएपछि लगानीकर्ताहरु त्राहिमाम भएका छन् ।
नयाँ शक्ति नेपालका नेता चन्द्र साउद यौनकाण्डका समेत आरोपित हुन् भने इन्साइडर ट्रेडिङजस्तो गम्भीर अपराधका समेत आरोपित हुन् । उनलाई शेर बहादुर देउवाको क्षेत्रको मान्छे भएको भन्दै आरजु देउवाले सिफारिस गरेको चर्चा बाहिर आएको छ । यतिसम्मकी उनको नेप्सेमा नियुक्तिपछी कांग्रेसी कार्यकर्ता रुष्ट भएका छन् भने धेरै जानकारहरुले पैसाकै भरमा साउद नेप्सेमा आएको आरोप लगाएका छन् ।   
अव  उनको आगमनसँगै नेपाली सेयर बजार कुन दिशामा जान्छ भन्ने अड्कलबाजी पनि हुन थालेका छन् । यसअघि बाबुराम भट्टराइले नेपाली सेयर बजार जुवाघर भनेपछि त्यसको गम्भीर असर नेपाली बजारमा परेको थियो । साउदलाई नेपाल इन्सुरेन्स डुबाएको र महिलामाथि दुर्व्यवहार गरेको भन्दै संचालक समितिले कम्पनीबाट गलत्याएर निकालेको थियो ।        
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: