एमबीबीएस प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी पक्राउ परेका छन् ।
तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एक जनालाई तीनकुनेबाट पक्राउ गरिएको हो । आजको कान्तिपुरमा खबर छ ।
चिट चोर्न डिभाइस उपलब्ध गराउने गिरोहका अन्य पाँच जना, नक्कली परीक्षार्थी बनेर जाँच दिइरहेका एक र नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
गिरोहका सदस्यले दुई देखि पाँच लाख रुपैयाँसम्म लिएर चिट चोर्ने डिभाइस विद्यार्थीलाई उपलब्ध गराएका थिए ।
यस्तो डिभाइसमार्फत चिट चोर्न परीक्षार्थीले यस्तो टिसर्ट लगाएका हुन्छन्, जसमा सलाईको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस सिलाएर राखिएको हुन्छ ।
उक्त डिभाइसबाट निस्केको तार कपडाभित्र सिलाउँदै कुमनेर पुर्याइन्छ ।
तारको टुप्पोमा भएको एअरफोन आकारको यन्त्रले कानभित्र रहेको अत्यन्त सानो आकारको वायरलेस एअरफोनमा आवाज पुर्याउन मद्दत गर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्