Skip to content
LAXMI SUNRISE BANK

‘छक्का पन्जा २’ले तोड्यो ‘कोहिनुर’को १० करोडको रेकर्ड !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चलचित्र छक्का पन्जा २ ले १० करोडको व्यापार गरेको छ । ३ बर्ष अगाडि चलचित्र ‘कोहिनुर’को रेकर्ड तोड्दै चलचित्रले १६ करोडको व्यापार गरेको हो । अब, असोज ११ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले पनि रेकर्डमाथि रेकर्ड राखिरहेको छ । योसँगै ‘छक्का पन्जा २’ सर्वाधिक कमाउने चलचित्रको दोश्रो स्थानमा आइपुगेको छ । अब, यो चलचित्रलाइ ‘छक्का पन्जा’को सर्वाधिक कमाइको रेकर्ड तोड्न ६ करोडको व्यापार गर्नुपर्ने हुन्छ ।
‘चलचित्रले दुइ दिनमै करिब ३ करोडको व्यापार गरेको थियो । त्यसपछि व्यापारमा उतारचढाव आयो । १० दिनमा चलचित्रले १० करोड ग्रस कलेक्शन गर्‍यो ।’ चलचित्र निर्माता दीपक राज गिरीले भने । 
दीपाश्री निरौला निर्देशित चलचित्रलाइ समिक्षकले औषत चलचित्र भनेका छन् भने दर्शकले रुचाएका छन् । दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ कमेडी शैलीमा उठान गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK