×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वराजाको अभिव्यक्तिप्रति राजमोको आपत्ति, चित्रबहादुर आगो भए

LAXMI SUNRISE BANK

पूर्वराजाको अभिव्यक्तिप्रति राजमोको आपत्ति, चित्रबहादुर आगो भए

६ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ – तिहारको सन्दर्भ पारेर पूर्वराजा ज्ञानेन्द्रले देशको अवस्था बिग्रेको र आफूले नेतृत्व लिन चाहेको भन्ने भनाईप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्व राजाको उक्त अभिव्यक्ति गणतन्त्रप्रतिको चुनौती भएको बताएका छन् ।
पुर्व राजा ज्ञानेन्द्र शाहले तिहारको टिकाको दिन अव आफुले देशको नेतृत्व लिने बेला आएको प्रतिकृया दिएका थिए । ‘उनको यो चुनौतिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले बारम्बार राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा भएको कुरा बताउदै आएका छौं ।’ विज्ञप्तिमा भनिएको छ । सरकारमा रहेका राजनीतिक दलहरुको राष्ट्रियता विरोधी, अप्रजातान्त्रिक र भ्रष्ट चरित्रका कारणले जनतामा बढेको असन्तोषलाई आधार बनाएर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र पुनस्र्थापना गर्न प्रयत्न गरेको जनमोर्चाको ठहर छ ।
‘राजतन्त्र विश्वस्तरबाटै पतन भैसकेको तथा नेपालमा पनि जनआन्दोन र संविधानसभाको चुनावद्वारा जनताको म्याण्डेड लिएर विधिवत रुपमा राजतन्त्रको अन्त भई गणतन्त्र स्थापना भएको अवस्थामा राजतन्त्र पुनस्र्थापना गर्न खोज्नु प्रतिगामी कदम भएकाले त्यसप्रकारका कुनै पनि चलखेलको तीव्र विरोध र भत्र्सना गर्दछौं ।’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी