×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगायो, को–को परे ?(सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कांग्रेसले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगायो, को–को परे ?(सूचीसहित)

Artha Sarokar

५ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ  – मंसिर १० मा हुने पहिलो चरणमा नेपाली कांग्रेसले ३२ जिल्लामा उठाएका प्रदेश र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।
प्रत्यक्षतर्फको आइतबार बिहानदेखि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसले आफ्ना उम्मेदवारको सूची सार्वजनिक गरेको हो । कांग्रेसले ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ सिटमध्ये ३५ सिट आफूले लिएको छ भने नयाँ शक्ति नेपाल र राप्रपा प्रजातान्त्रिकलाई एक–एक सिट दिएको छ । भोजपुरमा संघीय समाजवादी फोरमसँग गठबन्धन गरेको कांग्रेसले फोरम नेपाललाई प्रदेश सभामा एक सिट दिएको छ ।
कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरालाई छोडेको छ भने गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले दिएको छ ।
यस्तै प्रदेश सभाका ७४ सिटमध्ये कांग्रेसले ६८ सिट आफूले लिएको छ। बाँकी सिट राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमलार्इ दिएको छ ।
यस्ता छन् कांग्रेसले प्रतिनिधि सभामा उठाएका उम्मेदवार
ताप्लेजुङ– केशव दाहाल
पाँचथर–भीष्मराज आङदेम्बे
संखुवासभा–दिपक खड्का
भोजपुर–उमेशजंग रायमाझी
खोटाङ– सरस्वती बजिमय
सोलुखुम्बु– बलबहादुर केसी
ओखलढुंगा–रामहरि खतिवडा
सिन्धुपाल्चोक १–मोहनबहादुर बस्नेत
दोलखा–रुद्र खड्का
रामेछाप– कान्छाराम तामाङ
नुवाकोट क्षेत्र नम्बर १– डा. रामशरण महत
नुवाकोट क्षेत्र नम्बर २– अर्जुननरसिंह केसी
धादिङ क्षेत्र नम्बर १–विश्व अर्याल
धादिङ क्षेत्र नम्बर २–दिलमान पाख्रिन
रसुवा–मोहन आचार्य
लमजुङ– दिलबहादुर घर्ती
मनाङ– टेकबहादुर गुरुङ
म्याग्दी– खम्वीर गर्बुजा
मुस्ताङ–रोमी गौचन थकाली
गोरखा क्षेत्र नम्बर १–चीनकाजी श्रेष्ठ
बाग्लुङ क्षेत्र नम्बर १– चम्पादेवी खड्का
बाग्लुङ क्षेत्र नम्बर २– निरज पुन
रुकुम पूर्व– हरिशंकर घर्ती
रुकुम पश्चिम– गोपालजीजङ्ग शाह
रोल्पा–अमरसिंह पुन
जाजरकोट– राजीवविक्रम शाह
कालीकोट– भूपेन्द्रजंग शाही
हुम्ला– मंगल शाही
जुम्ला– देवेन्द्र शाही
मुगु– हस्तबहादुर मल्ल
बझाङ–पृथ्वीबहादुर सिंह
बाजुरा– कबिराज पण्डित
बैतडी– नरबहादुर चन्द
दार्चुला– विक्रम सिंह धामी
डोल्पा– अंगद कुमार बूढा
प्रदेश सभाका उम्मेदवार
ताप्लेजुङ क–लीलादेवी बोखिम
ताप्लेजुङ ख–दीपेन्द्रकुमार सेन्दाङ
पाँचथर क–नरेन्द्रकुमार केरुङ
पाँचथर ख–सुरेन्द्रकुमार दहाल
संखुवासभा क– टंक राई
संखुवासभा ख–दिपककुमार लिम्बु
भोजपुर ख–गोविन्द कार्की
खोटाङ क– सुवासकुमार पोख्रेल
खोटाङ ख–विष्णुकुमार राई
सोलुखुम्बु क– प्रकाश कार्की
सोलुखुम्बु ख–आङ्गेलु शेर्पा
ओखलढुंगा क–मित्रसेन दाहाल
ओखलढुंगा ख–प्रदिपकुमार सुनुवार
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ क–विष्णु खत्री
सिन्धुपाल्चोक १ ख– राजेन्द्रकुमार श्रेष्ठ
सिन्धुपाल्चोक २ क–विकास तामाङ
दोलखा क– वर्मा लामा
दोलखा ख– केशव चौलागाई
रामेछाप क– रत्न कार्की
रामेछाप ख– जीतवहादुर मगर
नुवाकोट १ क– महेन्द्र थिङ
नुवाकोट १ ख–रमेश महत
नुवाकोट २ क– जगदिशनरसिंह केसी
नुवाकोट २ ख– जगत लामा
धादिङ १ क– मधु कुमार श्रेष्ठ
धादिङ १ ख– प्रभात किरण श्रेष्ठ
धादिङ २ क– सोनाम तामाङ राप्रपा
धादिङ २ ख– रमेश धमला
रसुवा क–प्रभात तामाङ
लमजुङ क– गर्जबहादुर गुरुङ
लमजुङ ख– कृष्णप्रसाद कोइराला
मनाङ क– चिन्ताबहादुर घले
मनाङ ख–कर्मा गुरुङ
म्याग्दी क– नेत्रबहादुर महत
म्याग्दी ख– अमलाल फगामी
मुस्ताङ क– मिक्युर गुरुङ
मुस्ताङ ख– छिरिङ धावा गुरुङ
गोरखा १ क– धिरन थापा
गोरखा १ ख– राजेन्द्र वजगाई
गोरखा २ ख– प्रकाशचन्द्र दवाडी
बाग्लुङ १ क–दिपेन्द्र थापा
बाग्लुङ १ ख– प्रकाश पौडेल
बाग्लुङ २ क– मन्जेशबम मल्ल
बाग्लुङ २ ख–जीत शेरचन
रुकुम पूर्व क–ध्रुव पुन
रुकुम पूर्व ख– दत्तबहादुर बस्नेत
रुकुम पश्चिम क–वीरबहादुर ओली
रुकुम पश्चिम ख– खड्ग डाँगी
रोल्पा क– शेरबहादुर महरा
रोल्पा ख–खगेन्द्र प्रकाश हमाल
जाजरकोट क–देवराज सिंह
जाजरकोट ख– दिपकजंग शाह
कालीकोट क–टेकराज शाही
कालीकोट ख–कालीबहादुर सहकारी
हुम्ला क– ठानबहादुर रोकाया
हुम्ला ख–जीवनबहादुर शाही
जुम्ला क– राजु कठायत
जुम्ला ख– भिमनिधी हमाल
मुगु क– तिलक बहादुर मल्ल
मुगु ख– खड्ग बहादुर शाही
डोल्पा क– वेगम सिंह ठकुरी
डोल्पा ख– सुरेश बहादुर शाही
बझाङ क– चन्द्रादेवी जोशी
बझाङ ख– नरेशबहादुर सिंह
बाजुरा क–जनकराज गिरी
बाजुरा ख– पदम बहादुर शाही
बैतडी क– हरिमोहन भण्डारी
दार्चुला क–मदन गिरी
दार्चुला ख–जगदिश पाल
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी