×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकार पुनर्गठनलाई मुख्य मुद्दा बनाउँदै कांग्रेस गठबन्धनमा छलफल सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकार पुनर्गठनलाई मुख्य मुद्दा बनाउँदै कांग्रेस गठबन्धनमा छलफल सुरु

Artha Sarokar

१९ आश्विन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने निर्णय गरेका ६ दलले आजदेखि थप छलफल गर्दैछन । आजै कार्यदलमा बस्ने सदस्यको नाम टुंगो लगाएर छलफल सुरु हुने नेताहरुले बताएका छन ।
बुधबार बसेको ६ दलको बैठकले कांगेस्रबाट दुईजना र अन्य दलबाट एकएक जना गरी सात सदस्यीय कार्यदल बनाउने सहमति गरेको थियो । गठबन्धनको टुंगो लागिसकेपछि सरकार पुनर्गठनका बारेमा पनि छलफल गर्ने तयारी रहेको दलहरुले बताएका छन् ।
कांग्रेसको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धन बनाएर आउँदो मंसिरमा हुने चुनावमा जाने निर्णय गरेका हुन् । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी