
काठमाडौं– प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र, एमाले र नयाँ शक्तिले चुनावी तालमेल घोषणा गरेसँगै नेपाली कांग्रेसले पनि अन्य प्रजातान्त्रिक शक्तिहरुसँग गठबन्धन सुरु गरेको छ ।बाम एकता अभियान शुरु गर्दै तीन बाम पार्टी तालमेलको घोषणा भएको भोलिपल्ट कांग्रेसले पनि ६ दल सम्मिलित प्रजातान्त्रिक गठबन्धन बनाएको हो।
बुधबार बालुवाटारमा पाँच घण्टासम्म लगातार बसेर बेलुका सकिएको छ दलको बैठकले प्रजातान्त्रिक गठबन्धन बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेको हो।गठबन्धनमा नेपाली काँग्रेससहित उपेन्द्र यादवको संघीय समाजवादी फोरम ,विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, महन्थ ठाकुर नेतृत्वको राजपा नेपाल, कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक गरी छ दल रहेका छन् ।
केन्द्र र प्रदेशको चुनावमा कसरी तालमेल गर्ने विषयमा छलफल गर्नका लागि सात सदस्यीय एक समिति बनेको छ । कांंग्रेसबाट २ र अन्य ५ दलबाट एक एक जना सदस्य गरी सात सदस्यीय समिति बनाउने निर्णय ती दलहरुले गरेका छन् । बैठकपछि राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले यसबारे विहीबारबाट छलफल गरिने जानकारी दिए ।बैठकमा प्रजातान्त्रिक समूहबीच कार्यगत एकता गर्दै बामपन्थीलाई धक्का दिन सकिने निश्कर्ष निकालिएको कांंग्रेस नेता विमलेन्द्र निधिले बताए ।
बैठकमा विपक्षी दलसँग गठबन्धन भएपछि नैतिकताको हिसाबले माओवादीले सरकार छाड्नुपर्ने विषय दलहरुले उठाएका थिए । तर कांग्रेसले भने माओवादीले सरकार छाड्नुपर्छ भन्ने मान्यतामा नरहेको कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए ।
समितिमा कोको बस्ने भन्ने कुराको चाहिँ विहीबार नौ बजे बस्ने बैठकले टुंगो लगाउने भएको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्