
काठमाडौँ – एमाले र माओवादी केन्द्रले चुनावी तालमेलको घोषणा र पार्टी एकताको तयारी गरेपछि झस्किएको नेपाली काँग्रेसले बाह्य शक्तिको डिजाइनमा बाम एकता भएको निस्कर्ष निकालेको छ ।
काँग्रेस नेताहरुले अनौपचारिक छलफलका क्रममा एमाले–माओवादी एकताको पछाडि उत्तर छिमेकी चीनको हात रहेको दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा समेत केही नेताले चीन उल्लेख नगरी विदेशी शक्तिको इशारामा रातारात बाम गठबन्धन बनेको बताएका थिए । एमाले र माओवादी केन्द्रका नेतालाई चीनले बोलाएर मिल्न दबाब दिएको र चिनियाँ दबाबमा माओवादी केन्द्र आफूसँगको सहकार्य त्यागेर एमालेसँग गठबन्धन गर्न पुगेको निस्कर्ष काँग्रेसको छ । विश्वमा कतै पनि नभएको साम्यवादी व्यवस्था लागू गर्ने उद्देश्यले भएको बाम गठबन्धन सफल नहुने दाबी पनि काँग्रेस नेताहरुको छ । ‘एमाले र माओवादी केन्द्रको गठबन्धन विदेशी शक्तिको चाहना र डिजाइनमा भएको हो’, नेपाली काँग्रेसका एक नेताले काठमाण्डुटुडेसँग भने, ‘विश्वमा कतै अस्तित्वमा नरहेको साम्यवादी व्यवस्था ल्याउने उद्देश्यले भएको बाम एकता सफल हुँदैन ।’
चीनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकारबाट नबाहिरिन माओवादी केन्द्रलाई त्यतिबेलै दबाब दिएको प्रसंग स्मरण गर्दै ती नेताले आफ्ना सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनअघि नै चीनले दुई बाम शक्तिलाई मिलाउने प्रयास थालेको र अहिले आएर त्यो निस्कर्षमा पुगेको बताए । ‘हामीलाई पहिल्यै शंका थियो’, उनले भने, ‘धेरै पहिलादेखिको चीनको उद्देश्य अहिले आएर सफल भयो ।’ सबै दसैं मनाउन व्यस्त रहेका बेला एकाएक भएको बाम एकता असल नियतले नभएको दाबी काँग्रेसको छ ।
संविधान कार्यान्वयन गर्नुपर्ने राष्ट्रिय दायित्वबाट विमुख भएर दुई बामले विदेशी शक्तिको आडमा संविधान नै फेर्ने नियत राखेको दाबी काँग्रेसको छ । चीनको प्रभावमा बाम एकतापछि भारत चिढिने र नेपालको राजनीतिमा उथलपुथल आउनसक्ने दाबी काँग्रेसको छ । ‘चीनले बाम एकता गराएपछि भारत पनि चुप लागेर बस्दैन’, उनले भने, ‘नेपाल विदेशी शक्तिको क्रिडास्थल बन्ने खतरा बढेको छ ।’ माओवादी, एमाले र नयाँ शक्तिले केही दिनअघि संयुक्त घोषणासभा मार्फत चुनावी तालमेल हुँदै पार्टी एकतासम्म जाने निर्णय गरेका थिए । त्यसको काउण्टरमा काँग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने भन्दै मधेस केन्द्रित दल र दुवै राप्रपासँग छलफल तीव्र पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्