
काठमाडौँ – नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम पार्टीबीच सोमबार पार्टी एकता निश्चित भएको छ । सोमबार बालुवाटारमा पार्टी एकता घोषणा भएपछी १० वर्षअघि कांग्रेस छोडेका विजयकुमार गच्छादार पुन: पुरानै पार्टीमा फर्कनेछन् । उनी कांग्रेस पार्टीको उपसभापतिको हैसियतमा पार्टी प्रवेश गर्न लागेका हुन् ।
यसैबीच आगामी केन्द्रिय संसदको निर्वाचनको लागि गच्छादार नेतृत्वको फोरमले काङ्ग्रेससंग ६ सिटको माग गरेको छ ।लोकतान्त्रिक फोरमका महामन्त्री एवं पूर्वसांसद योगेन्द्र चौधरीका अनुसार कैलाली– १ मा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी, २ मा रामजनम चौधरी र बर्दियामा गोपाल दहितलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु पर्ने फोरमको माग छ। त्यस्तै पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा र अर्का नेता मुस्ताफ आलमलाई रौतहटमा उम्मेदवार बनाउनु पर्ने माग गच्छादारले अघि सारेका छन् ।
त्यसैगरी फोरमले दाङ क्षेत्र नं. १ बाट महामन्त्री योगेन्द्र चौधरीलाई प्रत्यक्ष उम्मेदवार उठाउनको लागि माग गरेको छ। तर यो प्रस्ताव मात्रै भएको र अन्तिम टुंगो लाग्न भने बाँकी रहेको महामन्त्री चौधरीले बताएका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्