
काठमाडौँ- एउटा गाई आइएमइ काउन्टरमा पस्यो । काउन्टरमा कोहि थिएनन् । कसैले फोटो खिच्यो र राख्यो फेसबुकमा । पछि त फोटो भाइरल नै भयो । नेपालका बरिष्ट पत्रकारहरुदेखि भर्खर कलेज पढ्ने युवा-युवतीहरुले पनि यो फोटो फेसबुकमा हालेका छन् ।
कतिपयले, ‘कमल थापाज्यू गाई त आइएमइ तिर पो गएछ’ भनेर व्यंग्य समेत गरेका छन् । कतिपयले आइएमइको यस्तै लुट जारी रहने हो भने आइएमइमा मान्छे होइन गाईबस्तु मात्र जान्छन् भनेर पनि गुनासो पोखेका छन् । कतिपय फेसबुकका प्रयोगकर्ताहरुले गाई छिर्दा समेत कोहि देखिंदैनन् त आइएमइमा भनेर पनि पोष्ट गरेका छन् ।
पछिल्लो समय आइएमइका लुटका कहानीहरु एक-एक गरी सार्वजनिक भइरहेका छन् । यहि बेला सामाजिक संजालमा देखिएको यस्तो तस्विरले सबैको एक पटक मुड फ्रेश त गराएको छ नै, आइएमइको कमजोर व्यवस्थापनपनि दर्शाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्