
काठमाडौँ – नेकपा माओवादी कैनद्र सरकारबाट बाहिरिए पनि सरकारसँग भने स्पष्ट बहुमत हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सकिने दिन नै राप्रपाको मन्त्रीलाई सरकारमा भित्र्याएका थिए । त्यसअघि राप्रपाले सरकारलाई समर्थन दिएको पत्र प्रधानमन्त्रीलाई बुझाएको थियो ।
प्रतिपक्षी एमालेसँग गठबन्धन गरेको माओवादीले कुनैपनि बेला छाड्दा सरकार अल्पमतमा पर्ने ‘भय’ सरकारलाई थियो । माओवादीले छाड्दा सरकार अल्पमतमा पर्ने र अल्पमतको सरकारले गराउने निर्वाचन माथि प्रश्न उठ्ने भएकाले सरकार विस्तार गर्नुपरेको प्रधानमन्त्री देउवाले बताउँदै आएका छन् ।
काँग्रेसको २०७, राजपाको २५, दुई राप्रपाको ३६, नेपाल लोकतान्त्रिक फोरमको १५ सांसदको समर्थन सरकारलाई थियो ।
लोकतान्त्रिक फोरम सोमबार मात्र काँग्रेसमा मिसिएको छ । त्यस्तै, सरकारलाई संघीय फोरमको पनि समर्थन रहेको छ । सरकारलाई बहुमत पुग्न २९७ मत आवश्यक हुन्छ । सरकारसँग ३ सय सांसदको समर्थन छ । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्