×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाम गठबन्धनबाट बाहिरिएका बाबुरामले कांग्रेससँग एकता गर्ने, देउवाले दिए ग्रीन सिग्नल !

LAXMI SUNRISE BANK

बाम गठबन्धनबाट बाहिरिएका बाबुरामले कांग्रेससँग एकता गर्ने, देउवाले दिए ग्रीन सिग्नल !

२९ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ऐतिहाँसिक भनिएको वाम गठवन्धनबाट डेढ हप्तामै बाहिरिएको बाबुराम भट्टराई फेरि कांग्रेससँगको गठवन्धमा जाडिने अभ्यासमा लागेका छन् । बाम गठबन्धनमा सुर्य चिन्हबाट निर्वाचन लड्ने मनसाय बनाएका नेता भट्टराईलाई माओवादीले गृहजिल्ला गोरखामै निषेध गर्न थालेपछि उनी अपमान महसुस गर्दै गठवन्धनबाट बाहिरिएका थिए ।
गठवन्धनबाट बाहिरिएका भट्टराईले फेरि कांग्रेससँग हिमचिम बढाउनुलाई निकै अथपूर्ण रुपले हेरिउको छ । वाम गठवन्धन निर्माण गरेसँगै दुई चार दिन हौसिएका भट्टराईले कांग्रेसलाई जरैबाट उखेलेर फाल्ने अभिव्यक्ति समेत सार्वजनिक गरेका थिए ।
वाम गठवन्धनबाट बाहिरिएसँगै कांग्रेससँग नजिक हुनको उनको मनसाय माओवादीलाई बदला लिनुनै रहेको कतिपयले भन्ने समेत गरेका छन् । जसरी भए पनि गोरखा–२ बाट उठ्ने तयारी गरेका बाबुरामले आफ्नै पार्टीको आँखा चिन्ह लिएर निर्वाचनमा जाने जनाइसकेका छन् ।
बाबुुरामको तयारीलाई हेर्ने हो भने गोरखा क्षेत्र नं. १ मा कांग्रेसलाई सघाउने र २ बाट कांग्रेसले आफूलाई सघाओस भन्ने संकेत उनले कांग्रेसलाई दिइसकेका छन् ।
नयाँ शक्तिका प्रवक्ता केशव दाहालले गोरखामा कांग्रेससँग तालमेल हुने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेससँग तालमेल नजिक रहे पनि निष्कर्षमा पुग्न भने बाँकी रहेको बताए । अन्य ठाउँमा पनि तालमेलको प्रयास हुने उनले जनाए । कांग्रेस पनि गोरखामा एउटा क्षेत्र बाबुरामलाई दिएर तालमेल गर्न सकारात्मक रहेको बताइएको छ ।
बाबुरामले कांग्रेससँग गोरखाको साथै अन्य १५ सिट समेत अपेक्षा गरेका छन् । भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा गोरखामा नयाँ शक्ति र माओवादी केनद्रको झगडाको फाईदा उठाउदै कांग्रेसले जम्मा ९ सथानीय तहमा ७ तहमा जित हाँसिल गरेको थियो । अब पनि माओवादी र नयाँ शक्तिको सम्बन्धले गर्दा गोरखामा काँग्रेस फाईदा पुग्ने निश्चित जस्तै देखिन्छ । गोरखामा एमालेको संगठन निकै कमजोर रहेकाले पनि कांग्रेसलाई फाईदा हुने देखिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी