×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को हुन् गच्छादारको कांग्रेस प्रवेश भाँड्ने खलनायक ?

LAXMI SUNRISE BANK

को हुन् गच्छादारको कांग्रेस प्रवेश भाँड्ने खलनायक ?

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाली कांग्रेस र विजय कुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आइतबार साँझ ५ः३० बजे हुने भनिएको पार्टी एकीकरण अचानक स्थगित भएको छ ।
प्राविधिक कारणले गर्दा तत्काल एकीकरण हुन नसकिएको भनिएको छ, तर, बालुवाटारमा एकीकरण घोषणाको अन्तिम तयारी हुँदा फोरमका दुई नेता जितेन्द्र देव र गोपाल दहितले विद्रोह गर्ने चेतावनी दिएपछि तत्काललाई रोकिएको बुझिएको छ ।
जितेन्द्र देव पर्यटनमन्त्री र गोपाल दहित भुमिसुधार मन्त्री हुन् । दुबैलाई फोरमले मन्त्री बनाएको छ । तर, उनीहरु पार्टी निर्णयविरुद्ध उभिदै आएका छन् । उनीहरु एमालेमा प्रवेश गर्ने भन्ने बल्याकमेल गर्दै आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गच्छदारलाई फकाएर हिजो पार्टी एकीकरणको तयारी गरका थिए । तर, दुई कारणले पार्टी एकीकरण हुन् सकेन ।गोपाल दहित राजाका मान्छे हुन भने जितेन्द्र देव एमालेका ।
केपी ओलीले वाम गठबन्धनमा असर पर्ने भन्दै एकता हुन नदिन दिएको निर्देशनअनुसार दहित र देवले हुन नदिएको श्रोतको दावी छ । पार्टीभित्रको यो आन्तरिक कारणले एकता हुन सकेन् ।त्यस्तै, गच्छदारले विमलेन्द्र निधिभन्दामाथि उपसभापति पद दिनुपर्ने माग राखेका कारण पनि एकता हुन नसकेको स्रोतले बतायो ।
देउवाले चुनावपछि उपसभापति बनाउने आश्वासन दिएर गच्छदारलाई फकाएका थिए । तर, विमलेन्द्र निधिले यो कुरा थाहा पाएपछि विवाद हुँदा एकीकरण हुन सकेन् । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी