Skip to content
LAXMI SUNRISE BANK

माओवादी केन्द्रका मन्त्रीलाई देउवाको उर्दी, सरकार छाड्न ४८ घण्टे अल्टिमेटम

अर्थ सरोकार

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई ४८ घण्टाभित्र सरकार छाड्न अल्टिमेटम दिएका छन् ।
देउवाले केन्द्रबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई तत्काल सरकार छोडेर जान समयसिमा तोकेका हुन् । उनले आफै सरकारबाट नबाहिरिए विना विभागीय बनाइएदिने समेत चेतावनी दिएका छन् ।
माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई बोलाएर सरकारबाट हट्न प्रधानमन्त्रीले दवाव दिएका छन् ।
बालुवाटार स्रोतका अनुसार औपचारिक जानकारी गराएको दुई दिनभित्र माओवादी केन्द्रका मन्त्रीले मन्त्रालय नछोडे विना विभागीय बनाएर राख्ने तयारी प्रधानमन्त्रीले गरेका छन् ।
“अबको दुई दिनमा माओवादी मन्त्रीहरुले मन्त्रालय नछोडे प्रधानमन्त्रीज्यूले कार्यविभाजन गर्नुहुन्छ,नयाँ मन्त्रीहरुलाई जिम्मेवारी दिएर माओवादी मन्त्रीहरुलाई विना विभागमा राख्नुहुन्छ” प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो । राजनीतिक गर्ने व्यक्तिलाई किन डिर्मोलाइज गर्ने भनेर नै प्रधानमन्त्रीले समय सीमा तोकेको स्रोतको भनाई छ ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बालुवाटारमा भएको भेटवार्तामा पनि प्रधानमन्त्री देउवाले सरकारबाट हट्न आग्रह गरेका थिए तर प्रचण्डले समर्थन फिर्ता पनि नलिने र सरकारबाट पनि नहट्ने पार्टील निर्णय गरेको जानकारी गराएका थिए ।
निर्वाचन आचारसंहिता विपरित नयाँ मन्त्रीहरु नियुक्तले राष्ट्रपतिले शपथ नखुवाउन माओवादी केन्द्रले दवाव दिँदै आएको थियो । तर, निर्वाचन आयोगले नै सरकार विस्तारले प्रतिकुल असर नपर्ने भनेपछि राष्ट्रपति शपथ खुवाउन बाध्य भएकी थिइन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK