
काठमाडौं – सप्तरी तिलाठीका सीमारक्षकको रुपमा परिचित देवनारायण यादवले भारतीय राजदुत मञ्जिवसिंह पुरीलाई भेट्न अस्विकार गरेका छन् । भारतीय सरकारको गैर कानुनी थुनाबाट केही दिनअघि मात्र तारेखमा मुक्त भएका यादवलाई भेटका लागि राजदुत पुरीले खवर थिए ।
‘मलाई भारतीय राजदुतले भेट्न खवर पठाउनु भएको छ । तर मलाई भेट्न मन छैन’ शुक्रबार अपरान्ह नेपाल बार हलमा नागरिक समाजका केही अगुवासँग यादवले भने। तिलाठी काण्डपछि चर्चित भएका यादवलाइ अपहरणको मुद्धा लगाएर भारतीय सुरक्षाकर्मीले तीन साताअघि पक्राउ गरी थुनेको थियो । भारतीय कारागारबाट तारेखमा छुटेर नेपाल फर्केपछि उहाँ काठमाडौं आएर एमाले प्रवेश गरेका छन् । उनलाई बिहिबार एमाले संसदीय दलको कार्यलयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।
हिरण्यलाल श्रेष्ठ, द्वारिकानाथ ढुँगेल, शम्भु थापा, टिकाराम भट्टराई लगायतको पहलमा बार हलमा भएको भेटमा यादवले आफूलाई सीमा रक्षाको ईबी साँध्न पक्राउ गरिएको बताए । यादवलाई स्वागत गर्दै बरिष्ठ अधिबक्ता थापाले भारतीय अदालतमा गएरै सहयोग गर्न तयार रहेको बताएका छन्। गतबर्ष भदौमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँध भत्काउँदा यादवलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरी घाइते बनाएका थिए । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्