काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल ‘सुनिल’ले प्रतिनिधि सभाका लागि बाग्लुङ क्षेत्र नम्बर दुई बाट उम्मेदवारी दर्ता गराएका छन् ।
पौडेलले बाम गठबन्धका तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका हुन । दुई क्षेत्र रहेको बाग्लुङमा माओवादीको भागमा क्षेत्र नम्बर दुई परेको थियो ।
त्यस्तै माओवादीका तर्फबाट प्रदेश सभाका उम्मेदवार चन्द्र बुढा सागरले उम्मेद्वारी दर्ता गराएका छन् ।
बागलुङमा एमाले, माओवादी केन्द्र र राजपाका बीचमा गठबन्धन कायम भएको छ ।