
काठमाडौँ – स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकामा एमालेबाट उम्मेदवार भएका देवी ज्ञवालीले बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
बुधबार बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको हो । दुवै नेताले भेट्न खोजेपछि आफू चितवनबाट काठमाण्डु आएको ज्ञवालीले बताए ।
भेटमा ओली र प्रचण्डले स्थानीय चुनावपछि ज्ञवालीले उच्च राजनीतिक चरित्र देखाएको भन्दै प्रशंसा गरेका थिए ।
चितवनबाट वामपन्थी गठबन्धनलाई जिताउन भन्दै उनलाई जिम्मेवारी पनि दिएका छन् ।
स्थानीय चुनावमा भरतपुरमा माओवादी उम्मेदवार रेणु दाहाल विजयी भएसँगै एमाले र माओवादीबिचको सम्बन्ध चिसो भएको थियो । आउँदो प्रतिनिधिसभा चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएपछि एमालेको समर्थनमा आशंका उत्पन्न भैरहेको बेला दुवै नेताले ज्ञवालीसँग भेट गरेका हुन् ।
प्रचण्डपुत्र प्रकाश दाहालले आफ्नो फेसबुक पेजमा बाम एकताले पैदा गरेको निकटता ! भन्दै फोटो राखेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्