
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- पोखरा नयाँबजारका युवा दीपक तिमिल्सिना । गर्छन् किसानी तर पैसा मनग्य कमाउँछन् । दिनरात भैंसीका लागि नै बित्छ उनको । जानकी एग्रो फर्म संचालन गरेर उनले महिनाको निकै राम्रो रकम कमाउँछन् । महिनाको झन्डै ८ लाख कमाउने उनी लगानीको ब्याज घटाउँदा पनि महिनाको ४ लाख चोखो बचाउँछन् । उनले नयाँबजारमा ३ तले घरपनि बनाएका छन् ।
तिमिल्सिनाका अनुसार उनले सञ्चालन गरेको एग्रो फार्ममा १ सय ७२ वटा भैंसी छन् । ती भैंसीबाट करिव दैनिक ८ सय लिटर दुध उत्पादन हुन्छ । १२० रुपैयाँप्रति लिटरमा बिक्री हुने दुधबाट उनले मासिक २९ लाख कमाउँछन् । जसमा २१ लाख जति भैंसीको दाना र मजदुरलाइ तलव दिंदा सकिन्छ ।
‘अरुले विदेशमा भाँडा माझ्छन्, म आफैं भैंसीको स्याहार सुसारदेखि दुध दुहुने काममा खटिन्छु । यसैमा रमाउंछु ।’ उनका अनुसार दुधका लागि बजारको कुनै अभाव छैन । ‘ छिट्टै नै भैंसीको संख्या २ सय ५० पुर्याउने योजना छ ।’ उनी भन्छन् , ‘एउटा भैंसीका लागि करीब १ लाखमा लगानी गर्नुपर्छ । फर्ममा ४ करोडभन्दा बढी खर्च गरिसकेको छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्