Skip to content
LAXMI SUNRISE BANK

भूकम्पपीडितलाई एकैपटक २ लाख ५० हजार दिने तयारी

अर्थ सरोकार

काठमाडौं । दोस्रा किस्ताका लागि योग्य भूकम्प पीडितहरुले गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रीम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान अगि्रम रुपमा पाउने भएका हुन् ।
निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रीम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। पछिल्लो व्यवस्थाले निजी आवास पुनर्निर्माणका लागि ठुलो सहयोग पुर्‍याउने प्राधिकरणको विश्वास छ ।
‘५ हजार बुझेका सेवाग्राहीलेघरको जग हालेका छन् भने स्थानीय तहको सिफारिसमा अब दोस्रो र तेस्रो किस्ता सशर्त एकैपटक दिने योजना बनेको हो,’ भुसालले भने,’यो व्यवस्था पनि भूकम्पपीडितले आफूसँग भएको रकमले घर बन्छ भनेर काम अघि बढाउन आँट गर्छन् ।’ यो व्यवस्थापछि अब घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको डेढ लाख र तेस्रो किस्तावापतको एक लाख गरी एकैपटक अढाइ लाख पाउनेछन् ।
यो व्यवस्थापछि निजी आवास निर्माण गर्न चाहने घरधनीले जग उठाइसकेपछि एकमुष्ठ रकम प्राप्त गरी घर निर्माण सम्पन्न गर्न सक्नेछन् । भूकम्प पीडितलाई बन्दै गरेको घर नै धितोमा राखेर बैंकमार्फत ३ लाख रुपैयाँ निब्र्याजी ऋण दिने निर्णय पनि गरिसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK