Skip to content
LAXMI SUNRISE BANK

जब शिक्षामन्त्री श्रेष्ठ विद्यार्थीहरुले कार्यकक्षमै थुने !

अर्थ सरोकार

काठमाडौँ – विद्यार्थीहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमै थुनेका छन् । शुक्रबार दिउँसा पौने १२ देखि पौने १ बजेसम्म सिंहदरवारस्थित कार्यकक्षमै विद्यार्थी संगठनका नेताहरुले ढोका बन्द गरेर थुनेका हुन् ।
शिक्षा ऐन नवौं संशोधन विधेयक २०७४ कार्यान्वयन नगर्नुपर्ने, शैक्षिक सत्र सकिएपछि सीटीइभिटीबाट दिएको सम्बन्धन खारेज गर्नुपर्ने, मिडिकल शिक्षामा सरकारले तोकेको शुल्क कार्यान्वयन ल्याउनु पर्ने लगायतका विषयमा विद्यार्थी संगठनहरुले राखेर मागहरुमा मन्त्री श्रेष्ठ सकारात्मक नभएपछि कार्यकक्षमै थुनेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले इमान्दार मिडियालाई जानकारी दिए ।
विद्यार्थी संगठनहरुले राखेका मागहरुलाई कार्यान्वयन गराउने दवाव दिन मन्त्री श्रेष्ठलाई एक घण्टा थुन्‍नु परेको चलाउने बताए । 
अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु (पाँचौं), अखिल क्रान्तिकरीलगायत नौ विद्यार्थी संगठनका नेताहरुले मन्त्रीलाई कार्यकक्षमै एक घण्टा थुनेका हुन् ।
संगठनहरुले संसदवाट पारित भएको शिक्षाको नवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK