
काठमाडौँ – विद्यार्थीहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमै थुनेका छन् । शुक्रबार दिउँसा पौने १२ देखि पौने १ बजेसम्म सिंहदरवारस्थित कार्यकक्षमै विद्यार्थी संगठनका नेताहरुले ढोका बन्द गरेर थुनेका हुन् ।
शिक्षा ऐन नवौं संशोधन विधेयक २०७४ कार्यान्वयन नगर्नुपर्ने, शैक्षिक सत्र सकिएपछि सीटीइभिटीबाट दिएको सम्बन्धन खारेज गर्नुपर्ने, मिडिकल शिक्षामा सरकारले तोकेको शुल्क कार्यान्वयन ल्याउनु पर्ने लगायतका विषयमा विद्यार्थी संगठनहरुले राखेर मागहरुमा मन्त्री श्रेष्ठ सकारात्मक नभएपछि कार्यकक्षमै थुनेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले इमान्दार मिडियालाई जानकारी दिए ।
विद्यार्थी संगठनहरुले राखेका मागहरुलाई कार्यान्वयन गराउने दवाव दिन मन्त्री श्रेष्ठलाई एक घण्टा थुन्नु परेको चलाउने बताए ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु (पाँचौं), अखिल क्रान्तिकरीलगायत नौ विद्यार्थी संगठनका नेताहरुले मन्त्रीलाई कार्यकक्षमै एक घण्टा थुनेका हुन् ।
संगठनहरुले संसदवाट पारित भएको शिक्षाको नवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्