×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी आन्दोलनका दुई सहयात्री हेवीवेटको भिडन्त, को बन्ला हिरो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माओवादी आन्दोलनका दुई सहयात्री हेवीवेटको भिडन्त, को बन्ला हिरो !

६ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मङ्सिर १० को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा अन्यको भन्दा धेरै मानिसको ध्यान गोरखा क्षेत्र नम्बर २ तर्फ तानिएको छ । विगतमा लामो समयसम्म उही पार्टीमा रहेर १० वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रिया र संविधानसभाका विविध मुद्दाहरुमा संगै रहेका दुई हेभीवेट नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ अहिले विपक्षी गठबन्धनमार्फत एउटै क्षेत्रबाट चुनावी उम्मेदवारी दर्ता गराएपछी यो अवस्थाको सिर्जना भएको हो।
एउटै जिल्लाका नेता रहेका र माओवादी पार्टीको सुरुवातीदेखी दुइ शीर्ष पदमा रहेर काम गरेका भट्टराई र श्रेष्ठ एउटै क्षेत्रबाट प्रतिस्पर्धी उत्रिएपछी उक्त क्षेत्रमा कसले बाजी मर्ला भन्ने कौतुहलता सबैका मनमा छाएको छ। दुबैजना वाम आन्दोलनका हस्ती एवं केन्द्रीय राजीनितिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेताहरु हुन् । तर, अब निश्चित छ, मङ्सिर १० को चुनावी परिणामपश्चात यी दुईमध्ये एकजना प्रतिनिधिसभामा आउन स्वत: अयोग्य ठहरिने छन् ।
लोकतान्त्रिक गठबन्धनमार्फत उम्मेदवारी दिएका बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले सहयोग गर्नेछ भने वाम गठबन्धनतर्फका श्रेष्ठलाई नेकपा एमालेले सहयोग गर्नेछ। गोरखा २ मा ‘हेवी वेट’ नेताहरु डा. भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएकाले धेरै मानिसहरुको ध्यान यस निर्वाचन क्षेत्रमा खिचिएको छ । कतिपय मानिसहरुले यी दुबै नेताहरु आगामी संसदमा चाहिने भएकाले एकै टाउँमा नभिडे हुन्थ्यो भन्ने पनि सोचेका थिए । तर, त्यो ईच्छाविपरीत श्रेष्ठ र भट्टराई एकले अर्कालाई हराउने अभियानमा लागेका छन् ।
दुई नम्बर क्षेत्रअन्तरगत पालुङटारका बाबुराम र जौवारीका नारायणकाजी बीचको बहुप्रतिक्षित भिडन्तलाई दुवै पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी