Skip to content
LAXMI SUNRISE BANK

‘नेपाली दुतावासले व्यवसायीसंग मिलेर दुःख दियो’

अर्थ सरोकार

‘राजदुतले भेट्नै चाहेन’
कतारमा उद्धार गरिएको १४ नेपाली पीडित कामदारलाई नेपाल फर्काउनुपर्नेमा भारतको दिल्ली पठाईएको छ । 
ती पिडितलाई १० महिनाको तलब नदिई फिर्ता पठाईएको हो । 
कतरामा डिम्स होम कम्पनी चलाउँदै आएका नेपाली व्यवसायी हरिहर सर्लाहीका अशोक रायले पीडितलाई दिल्लको टिकट दिएर पठाएका हुन् । वैदेशिक रोजगार ऐनअनुसार पीडितलाई तेस्रो देश पठाउन मिल्दैन । 
पीडित नेपालीले आफुहरु समस्यामा परेपछि राजदुत रमशेप्रसाद कोईरालालाई भेटेर गुनासो राख्ने प्रयास गर्दा उनले भेट्न नचाहेको गुनासो गरेका छन् । 
हामी दुतावास पुगेर दुई पटकसम्म राजदुतर्लाइ भेट्ने कोसिस् गर्यौं उहाँले निक हो भेट्न चाहनुभएन, पीडित शम्कुकरण महतोले भने, नेपाली दुतावासले नेपाली व्यवसायीसंग मिलेर हामीलाई दुःख दिने काम गर्यो ।, यो खबर आजको कान्तिपुरमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK