
- अर्थ सरोकार सम्बाददाता
राष्ट्र बैंककै केहि उच्च तहका कर्मचारीसँगको मिलेमतोमा बिना जानकारी सिष्टम अपग्रेड गराएर तथ्यांक मेटी आफ्नो कर्तुत लुकाउन खोजेको आरोप इसेवालाई लागेको छ । नेपालमा अवैध कारोबार मानिएको बिटक्वाइनसम्बन्धी कारोबारबारे सीआइबीले खोजी गरेपछि राष्ट्र बैंकबाट सुचना माग गरी आएको पत्र आएकै दिन इसेवाले आफ्नो सिष्टम अपग्रेड गरेको थियो ।
इसेवाले एक भव्य कार्यक्रमका बीच आफ्नो नयाँ सिष्टमको लन्च गर्ने तयारी गरेको भएपनि लामो समयदेखि बिटक्वाइनको कारोबार गरेको भन्ने आरोप लागेका इसेवाका मालिक विश्वास ढकाल, सीइओ अगसर अली लगायतको गोप्य बैठकपछी सो रातनै सिष्टम अपग्रेड भएको खुलासा भएको छ । ‘इसेवाले त्यो दिन सिष्टम अपग्रेड नगरेको भए नेपालका सबै भन्दा ठुला बिटक्वाइनका व्यापारी इसेवाका सीइओ अली र मालिक ढकाल हुन् भन्ने पुष्टि नै हुने थियो । तर राष्ट्र बैंकको नियमको धज्जी उडाउँदै इसेवाले रातारात सिष्टम अपग्रेड गरेको छ । यसरी सिष्टम अपग्रेड गर्दा राष्ट्र बैंकलाई औपचारिक जानकारी गराउनु पर्ने नियम छ । यस्तो काम गरेको थाहा पाएपछि इसेवाको लाइसेन्स खारेज गर्ने लविङ सुरु भएको स्रोतको दावी छ ।
यता इसेवाको लाइसेन्स खारेज हुने चर्चा चलेपछि राष्ट्र बैंकको लाइसेन्स नै नलिइ संचालनमा आएको खल्तीले अहिले प्रचार प्रसारलाई एकातर्फ तीब्र पारेको छ भने इसेवालाई सिध्याउने खेलमा समेत डटेर लागि परेको स्रोतको भनाइ छ । केहि समयअघि विना जानकारी सिष्टम अपग्रेड भएको भन्दै इसेवालाई राष्ट्र बैंकले चेतावनी दिएको थियो । तर उक्त चेतावनीले मात्र नपुग्ने र पैसा खाएर राष्ट्र बैंकभित्रै इसेवासँग कहिले मिलेमतो गरेको भन्दै इसेवाको लाइसेन्स खारेज गर्न राष्ट्र बैंकभित्रै लविङ सुरु भएको हो ।
‘खासमा इसेवा बन्द नै गर्नु पर्ने थियो । सीधा देख्ने गरी नै कम्पनीले राष्ट्र बैंकलाई छाक्यएको छ । तै पनि सुरुमै त्यस्तो कारवाही नगरी हालका लागि लाइसेन्स सस्पेन्ड गरिदिने कुरा भएको छ ।’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
यसअघि पनि क्यास अन एड नामक एपमा जनताको करोडौं रुपैयाँ खाएर भागेका विश्वास ढकालले अव इसेवामा रहेको जनताको करोडौं रुपैयाँ के गर्लान्, त्यो भने हेर्न बाँकी नै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्