×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको बार्षिकोत्सवमा रक्तदान र निशुल्क स्वास्थ्य शिविर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकको बार्षिकोत्सवमा रक्तदान र निशुल्क स्वास्थ्य शिविर

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंकले आफ्नो २३ औँ बार्षिक उत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम गरेर मनाएको छ । बैंकले सबै शाखाहरुमा उत्सव मनाएको छ ।
बैंकले सो अवसरमा राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बैंकका कर्मचारी तथा उपभोक्ता गरी सय जनाले रक्तदान गरेका थिए । बैंकले नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो ।
बैंकले हाल राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्यु बिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८/०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी