
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ग्लोबल आइएमई बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर कारोबार हुने मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ तोकिएको छ । यसआधारमा, बुधबार बैंकको पहिलो कारोबार ३५४ रुपैयाँलाई आधार मोनर खुलेको हो । ग्लोबलको औसत आधार मूल्य भने ३७१ रुपैयाँ छ । बैंकले कात्तिक २३ गते वार्षिक साधारण सभा गर्न बुधबारदेखि सभा हुने दिनसम्म बुक क्लाज गरेको हो ।
बैंकले सभामा चुक्ता पुँजीको १०% बोनस सेयर र १०% नै नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । ग्लोबल आइएमईले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चौथो त्रैमासमा बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्