Skip to content
LAXMI SUNRISE BANK

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

अर्थ सरोकार

महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ ।
उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राईभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए । 
प्रहरीले सुच बरामद भएलगत्तै तस्करीको सुच ओसार्न प्रयोग गरिउको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो । 
तिनै चालकहरुले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशसत्र प्रहरकिो शंकास्पद भुमिकामाथि छानविन सुरु गरेको थियो । 
प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो ।
त्यसैले काठकाडौं प्रहरी परिसरले अुनसँधानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नावाली माग्दै पत्राचार गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK