
सर्लाही – सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन/चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए ।
सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन् ।
गम्भीर घाइते साहलाई सर्लाही जिल्ला अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियाे । घटनाको विषयमा अनुसन्धानका लागि फरार समूहको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्