- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर ५५ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ ।
यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४७ हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।