- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५६ हजार ७ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको पनि स्थिर रहेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ।