
काठमाडौँ – माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टी नछाड्ने भएका छन् । एमालेसँगको चुनावी तालमेल र पार्टी एकताको विरोधमा वक्तव्य दिएर माअोवादी पुनर्गमन अभियान घोषणा गरेका किराँती अध्यक्ष प्रचण्डसँग छलफलपछि पार्टी नत्याग्ने निष्कर्षमा पुगेका हुन् ।
पार्टी भित्रै बसेर अन्तरसंघर्ष गर्ने वातावरण बनेकाले आफू तत्काल नबाहिरिने बताए । अध्यक्ष प्रचण्डले माओवाद र पहिचानको मुद्धा नत्याग्ने प्रतिबद्धता जनाएकाले आफू पछि हटेको उनले जनाए ।
‘पेरिसडाँडामा पार्टी केन्द्रीय सचिवालयका उपलब्ध सदस्यहरुको बैठकमा माओवादी केन्द्रले माअोवाद र पहिचानको मुद्दा छोडेको छैन र छोड्न सक्दैन भनेर कमरेड प्रचण्डले प्रतिबद्धता गर्नुभयो’, किराँतीले भने, ‘अब अध्यक्षको उक्त प्रतिबद्धतालाई हाम्रो पार्टी माओवादी केन्द्रको नयाँ संकल्पका रुपमा बुझेर अन्तरपार्टी लाइन संघर्ष गर्ने कमरेड मातृका यादवलगायत नेताहरु तथा सामाजिक सञ्जालका ८० प्रतिशत साथीहरुको सुझावलाई स्वीकार गरी डटेर अन्तर पार्टी संघर्ष गरिन्छ ।’ – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्