Skip to content
LAXMI SUNRISE BANK

‘चुनावपछि ओली र प्रचण्ड राष्ट्रपति र प्रधानमन्त्री’

अर्थ सरोकार

गुल्मी  – नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले बाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा दुई तिहाई मत ल्याएर देशमा स्थायी सरकार निर्माण गर्ने बताएका छन् ।
मंगलबार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता विष्टले बाम गठनन्धनको स्थायी सरकार बन्ने बताएका हुन् ।
निर्वाचनपछि प्रचण्ड र केपी ओली राष्ट्रपति र प्रधानमन्त्री बन्ने विष्टले बताए । तर राष्ट्रपति र प्रधानमन्त्री को–को बन्ने भन्नेबारे भने उनले खुलाएनन् ।
‘अहिलेको बाम गठबन्धन कसैका विरुद्ध छैन्’, विष्टले भने, ‘यो देशको आवश्यकता र जनचाहना अनुसार निर्माण भएको गठबन्धन हो ।’
गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका विष्टले बाम तालमेल र एकता कसैका विरुद्ध नभई देशको आवश्यकता र जनचाहाना भएको बताए । उनले बाम एकता अधिनायकवादका लागि नभई लोकतन्त्रलाई थप मजबुत पार्न रहेको दावी गरे ।
ब्यप्त गरिबीको अन्त्य, पिछडिएका जनताको आर्थिक स्तर उकास्न, रोजगारको सिर्जना तथा पूर्वाधारको विकास गरि समृद्ध नेपाल निर्माण गर्न बाम गठबन्धनको निर्माण गरिएको बताए । उनले निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकताको प्रक्रिया सुरु हुने र एकता भएरै छाड्ने ठोकुवा गरे ।
पार्टी एकताका लागि यतिका बर्षपछि आएर कम्युनिष्ट नेताहरुको बुद्धि पलाएको हो की वा उत्तर छिमेकीको सुझावमा हो ? भन्ने पत्रकारको प्रश्नमा नेता विष्टले यो पूर्णत अर्गानिक र पहिलेदेखिको प्रयासबाट भएको दावी गरे ।
उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुनु भन्दा पहिले नै एकताको लागि वार्ता भइरहेको तर यसलाई बाहिरी शक्तिहरुले भाँड्ने देखेर बाहिर नल्याएको जसलाई दशैंमा आएर दुई शीर्ष नेताहरुले अन्तिम रुप दिएको बताए । – काठमाडौँ टुडे 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK