
बाबियाचौर – जनता आवास कार्यक्रमअन्तर्गत म्याग्दीमा यस वर्ष १०० घर निर्माणका लागि तीन करोड ५० लाख अनुदान दिइने भएको छ ।
आर्थिकरूपमा विपन्न र गरिबीको रेखामुनि रहेका दलित समुदायको भौतिक सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले उक्त कार्यक्रम सञ्चालनमा ल्याएकोे हो ।
जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले छनोट गरेका स्थानका विपन्न दलित समुदाय छनोट गरी प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको डिभिजन प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए ।
मंगला गाउँपालिकाको ३ र ४ बरञ्जा–१ कुहुँ–५ अर्मन, बेनपा–२ ज्यामरुककोट, मालिका गाउँपालिका–५ देवीस्थान र छ दरवाङमा ५० घर निर्माण हुनेछ । गत वर्ष कार्यक्रम सञ्चालन भएका स्थानमा ५० घर निर्माण गर्ने कार्यक्रम छ ।
गत वर्ष बेनी नगरपालिकाको पुलाचौर, घतान, सिंगा, अर्थुङ्गे, भकिम्ली, अन्नपूर्ण गाउँपालिकाको दाना, घार, धौलागिरि गाउँपालिकाको लुलाङ, ताकम, मालिका गाउँपालिकाको ओखरबोट, रुम, रघुगंगा गाउँपालिकाको पिप्ले र भगवतीमा ८२ वटा घर निर्माणाधीन अवस्थामा छन् ।
कार्यक्रममा छनोट भएका १८ घरपरिवारसँग सम्झौता गर्न बाँकी छ । कार्यक्रममार्फत सरकारले तोकेको मापदण्डअनुसार एउटा घर बनाउन चार किस्तामा लाभग्राहीलाई अनुदान उपलब्ध गराइने समन्वय समितिका अध्यक्ष तथा पूर्व सांसद रेशमबहादुर बानियाँले बताए ।
गत वर्ष रु दुई लाख ३४ हजार अनुदान उपलब्ध गराउने सम्झौता भए पनि यस वर्ष अनुदान रकम थप भएको छ । समन्वय समितिको निर्णयअनुसार कार्यक्रम लागू हुने वडाका विपन्नको पहिचानका लागि घरधुरी सर्वेक्षणको काम शुरु गरिने भएको छ ।
अनुदान पाउने लाभग्र्राहीको घडेरी हुनुपर्ने र शौचालय आफूले बनाउनुपर्ने व्यवस्था छ । यसैबीच गत साउन भदौमा बाढी पहिरोबाट घरबारविहीन भएकाहरुलाई पनि सरकारले घर पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराउने भएको छ ।
प्रजिअ कृष्णप्रसाद अधिकारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै वर्षको साउन भदौमा बाढी पहिरोका कारण घर क्षति भएकालाई अनुदान उपलब्ध गराउनका लाग सिफारिस गर्न भनेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्