
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सह-सचिव देवीप्रसाद वाराकोटी अख्तियारको कारवाहीमा परेका छन् । सह सचिव हुँदा छात्रवृतिमा ठुलो घोटाला गरेको ठहर गर्दै उनी कारवाहीमा परेका हुन् । अख्तियारले उनीसँग तीन करोड २० लाख रुपैयाँ मागदावी गरेको छ । यता वाराकोटीले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा लुकाएको देखिएको भन्दै ती चल/अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि प्रमिला उप्रेतीलाई समेत प्रतिवादी कायम गरेको छ ।
हाल अवकासप्राप्त वाराकोटीले गैरकानूनी रुपमा गतिविधि गरी दुई करोड दुई लाख रुपैयाँ आर्जन गरेको अख्तियारको ठहर छ । उक्त गैरकानूनी रुपमा आर्जित सम्पत्तिबाट थप एक करोड १७ लाख रुपैयाँ आर्जन गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध तीन करोड २० लाख रुपियाँको माग दाबी लिएको हो ।
प्रश्नपत्र छपाई, छात्रवृति वितरण लगायतका काममा घुस लिएर अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीमाथि परेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनी कारवाहीमा परेका हुन् । उनलाई प्रश्नपत्र बेचेको समेत आरोप लागेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्