
एजेन्सी – एप्पलले हालै मात्र सार्वजनिक गरेको आइफोन ‘एट’ र ‘एट प्लस’ का व्याट्रीमा समस्या देखा पर्न थालेको छ । यी दुई फोनहरुमा प्रयोग भएको ब्याट्रीमा फुल्ने समस्या देखिन थालेको हो ।
यसअघि ताइवानकी एक प्रयोगकर्ताले फोन चार्ज गर्दा ब्याट्री फुलेको अनभुव गरेपछि सो तथ्य बाहिर आएको हो ।
उनले खरिद गरेको ६४ जीबी भेरियन्टको रोज गोल्ड कलरको आइफोन एट करिब ३ मिनेट चार्जमा राखेपछि फोनको अघिल्लो भाग फुलेको थियो ।
त्यसलगत्तै जापान, चीन, क्यानाडा र ग्रिसमा समेत आइफोनका ब्याट्रीमा समस्या आएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
एप्पलले भने आइफोनका ब्याट्रीमा देखापरेको समस्याका बारेमा अनुसन्धान थालिएको बताएको छ ।
एप्प्लले दशौँ वार्षिककोत्सवको अवसर पारेर यस वर्ष तीन फोन एट, एट प्लस र एक्स सार्वजनिक गरेको थियो । यी मध्ये ‘एट’ र ‘एट प्लस’ को बिक्री गत सेप्टेम्बर २२ देखि खुला गरिएको थियो भने एक्सको भने यसै महिनाको २७ तारिखबाट अनलाइन बुकिङ आरम्भ हुँदैछ ।
गत वर्ष नोट सेभेनमा ब्याट्री पड्किने, फुल्ने जस्ता समस्या देखा परेपछि सो मोडल बजारबाट कम्पनीले फिर्ता लगेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्