
काठमाडौँ- नेपालमा लेखा व्यवसायलाई नियमन गर्ने निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लाजमर्दो लापरवाही गरेर जग हँसाएको छ । २०१७ डिसेम्बरमा हुने आइक्यानको परिक्षालाई केन्द्रित गर्दै विद्यार्थीहरुलाई उसले दिएको सुचनामा बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) र इन्डस्ट्रियल इन्तर्प्राइजेज एक्टका ‘एमेंन्डमेन्ट’ पढ्नु भनेको छ । जवकी बाफिया र इन्डस्ट्रियल इन्तर्प्राइजेज एक्ट नयाँ एक्टका रुपमा आएका छन्।
एमेंन्डमेन्ट वा एक्ट के हो भन्ने नै थाहा नपाउने व्यक्ति आइक्यानजस्तो गरिमामय संस्थामा हावी हुँदा यस्ता लाजमर्दो लापरवाही भएको विद्यार्थी तथा आइक्यानका सदस्यहरुले दुखेसो पोखेका छन् । ‘आइक्यानजस्तो निकायले यस्तो लापरवाही गर्नु निकै दुखद कुरा हो ।’ सिए सरोकारसँग कुराकानी गर्दै एक सिएले भने, ‘बर्षौंदेखि विषयको ज्ञान नभएका र तलवमा मात्र ध्यान भएका आइक्यानका कर्मचारीका कारण यस्तो समस्या आएको हो ।’
यद्यपी आइक्यानको शिक्षा विभागले यस्तो त्रुटी गरेको पहिलोपटक भने होइन । आइक्यानको सबैभन्दा बढी लापरवाही गर्ने विभाग भनेर बदनाम भएको शिक्षा विभागले यसअघि पनि यस्ता थुप्रै त्रुटीहरु गरेको थियो । कहिले हल परिक्षा सम्बन्धि गलत सुचना दिने, कहिले विद्यार्थीलाई दिने सुचनामै अस्पष्टता हुने जस्ता समस्याहरु पनि विभागका कर्मचारीहरुको लापरवाहीका कारण हुने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्