- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सिए र व्यवस्थापन विषयमा स्नातक सकेकाहरुलाई त्रिभुवन विश्वविद्यालयले दिंदै आएको स्नाताकोत्त्तरको समकक्षता भारतीय बोर्ड अन्तर्गतका सिएहरुलाई नदिन लविङ सुरु भएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयको उच्च स्रोतले दिएको जानकारी अनुसार नेपाल चार्टड एकाउन्टेन्स् संस्थाको सदस्य नभएका सिएहरुलाई त्रिभुवन विश्वविद्यालयले दिने समक्षकता रोक्न मन्त्रालयस्तरीय लविङ सुरु भएको छ ।
आइक्यानबाट जाँदा विवाद हुने डरले शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयबाट त्रिभुवन विश्व विद्यालयलाई यस विषयमा लवीङ भइरहेको बुझिएको छ । आइक्यानले केहि समयपछी आइसीएआइमा भर्ना हुने विद्यार्थीले सदस्यता नपाउने निर्णय गरेसँगै उक्त समयसिमालाई नै राखेर यस्तो निर्णय गराउन उच्च स्तरको लवीङ नेपालका केहि सिएहरुकै सहयोगमा भइरहेको बुझिएको छ ।
‘यस विषयमा ठुलै लविङ भएको छ । नेपालको नियमनकारी निकायले नै मान्यता दिन छोडेपछी उनीहरुलाई हामीले मान्यता दिने कुरा त आउंदैन् । तर यसका विभिन्न अन्य पक्षहरुको अध्ययन भने गर्न आवश्यक छ ।’ त्रिभुवन विश्व विद्यालय स्रोतले भन्यो ।
यस विषयमा छलफल गरी केहि समयपछी टियुले आइक्यानलाई यस विषयमा छलफलका लागि बोलाउने समेत तयारी गरिरहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्