
काठमाडौँ – प्रधानमन्त्री देउवाले आगामी मंसिरको निर्वाचन्मा सार्ने सड्यन्त्र गरेको बिशेष खबर आएको भन्दै ओवादी केन्द्रले सरकारबाट नहट्ने निर्णय गरेको छ ।
माओवादी नेता समेत रहेका गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगबाट चुनावको मिती सार्ने देउवाको तयारीबारे आफुहरुलाई गोप्य सूचना आएपछि सरकारबाट बाहिरिने निर्णय तत्कालका लागी स्थगित गरिएको जानकारी दिए ।
मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सरकारबाट बाहिरने पार्टी अध्यक्षले विज्ञप्ती बनाउँदा बनाउँदै निर्वाचन सार्ने सूचना आएको बताए ।
त्यसप्रकरको गम्भीर सूचना आफ्नो पार्टीलाई प्राप्त भएपछि हामीले सरकारबाट हट्ने कुरा स्थगित गरेका छौ।-उनले भने ।
‘सरकारबाट बाहिरिनका लागि विज्ञप्तिको ड्राफ्ट तयार हुँदै थियो । तर, निर्वाचन आयोगबाट चुनाव सार्ने तयारी भएको खबर आयो हामीले त्यो ड्राफ्टलाई च्यातेर सरकारमा रहने निर्णय गर्यौ,’ उनले भने, ‘निर्वाचन हुने सुनिश्चित भए भर्खर छोड्न तयार छौं।’
त्यस्तै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताएका छन् ।
माओवादीको तर्फबाट देउवा सरकारमा नेतृत्व गरेका महराले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ‘माओवादीले सरकारलाई दिएको समर्थन कायम रहेको बताएका हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्